स्वास्थ्य अनुसन्धान परिषद्को छैठौं राष्ट्रिय सम्मेलन सोमबारदेखि

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको छैठौं शिखर सम्मेलन आगामी सोमबारदेखि सुरु हुने भएको छ। सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबार पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो।

सम्मलेन २२ र २३ गते हुनेछ। कोरोनाको महामारीका कारण यस वर्षको कार्यक्रम भिन्न तरिकाले गरिने आयोजकले जानकारी दिएको छ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ। नेपाल टेलिभिजन तथा परिषद्को फेसबुक पेजबाट लाइभ हुनेछ।

परिषद्ले ६ वर्षदेखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ। यसपटकको सम्मेलनको नारा ‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरू सम्बोधन’ रहेको छ।

सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास साझेदारहरू, स्वास्थ्य विज्ञ, मेडिकल चिकित्सकलगायतको सहभागिता जनाउने छन्।

सम्मेलनमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फिलिपिन्स,थाइल्याण्ड, बेल्जियम, जर्मनी र भारतका विश्वप्रख्यात वैज्ञानिकहरूको समेत सहभागिता रहने परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवाली बताए।

स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, असरल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी विश्वास रहेको डा. ज्ञवालीले बताए।

सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित २ सय ५२ वटा अनुसन्धानसम्बन्धी एब्स्ट्र्याक्ट परेका थिए। कुल २ सय ५२ वटा एब्स्ट्र्याक्ट परेकोमा साइन्टिफिक कमिटीले ८६ वटा मात्र छनोट गरेको छ। सम्मेलनमा ३२ वटा मौखिक र ५४ वटा पोस्टर प्रस्तुति हुने डा. ज्ञवाली बताए।

यसपटकको सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बिमा, नसर्ने रोग, मातृस्वास्थ्य, बालस्वास्थ्य र किशोर–किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवर्धन, प्रविधि र आवश्यक मेडिकल उत्पादनजस्ता विषयमा प्रस्तुति हुनेछन्।

सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतीकरणसमेत हुनेछन्। सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरू मध्ये एक–एक जनालाई उत्कृष्ट अवार्ड प्रदान गरिने छ।

साथै, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०१८, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार ९चिकित्सकलाई मात्र०, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान लाइफटाइम एचिभमेन्ट पुरस्कार, उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कार दिइने छ।

स्वास्थ्य अनुसन्धान कार्यको नियगन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य योजना, नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी विश्वास रहेको डा. ज्ञवालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय