क्वारेन्टाइनमा मृत्यु भएका बाग्लुङका युवकको रिपोर्ट पोजेटिभ

क्वारेन्टाइनमा मृत्यु भएका बाग्लुङका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। मिर्गौलापीडित निसीखोला–२ का २९ वर्षीय युवकको शनिबार मध्यरातमा मृत्यु भएको थियो।

मृतक पुरुषको रिपोर्ट पोजेटिभ आएको जानकारी आफूलाई प्रयोगशालाले दिएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले आयोमेललाई बताए। मृतक पुरुष ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका थिए।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय