झापाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि झापा 

झापामा हिजो थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कचनकवल गाउँपालिकाका चार जना रहेका छन् । कचनकवलमा संक्रमितको संख्या १३१ पुगेको छ ।

कचनकवल झापाको सबैभन्दा धेरै संक्रमित हुने गाउँपालिका हो । कचनकवल ४ का दुई , ७ र ४ का एक–एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

उनीहरु भारत, कुवेत र साउदीबाट आएका व्यक्ति भएको गाउँपालिका अध्यक्ष अन्जार आलमले बताए । हिजो संक्रमण पुष्टि भएका अर्का व्यक्ति कनकाई नगरपालिकाका हुन् ।

कनकाई नगरपालिका ८ का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी साउदीबाट आएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । झापामा कोरोना संक्रमितको संख्या १८४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय