‘आत्मरक्षाका लागि कराते सिक्दै छु’भन्दै स्वास्थ्यकर्मीको प्रदर्शन
‘बिरामी हेर्न मन छ तर अझै कुटाई खाने डर छ।’ ‘आत्म रक्षाका लागि कराते सिक्दै छु’ भन्दै स्वास्थ्यकर्मी सडकमा उत्रेका छन्।
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिट भएको भन्दै स्वास्थ्यकर्मीहरु विरोधमा उत्रेका छन्।
आइतबार दिउँसो स्वास्थ्यकर्मीको पेशागत सुरक्षा हुनुपर्ने र दोषिलाई कारबाही गरिनुपर्ने भन्दै स्वास्थ्यकर्मीहरु विरोधमा उत्रेका हुन्।
उनीहरु माईतिघरदेखि नयाँँ बानेश्वरसम्म पुगेका छन्।