कोरोनाबाट चौबिस घण्टामा साढे ४ हजारको मृत्यु १ लाख ८९ हजारबढी संक्रमित

बितेको चौबिस घण्टामा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ४ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ। १ लाख ८९ हजार ७० नयाँ संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ५ लाख ३२ कारण ८ सय ५६ जनाको ज्यान गएको छ। १ करोड १३ लाख ७१ हजार ६ सय ४६ जना संक्रमित छन्।

कोरोना भाइरसका कारण अमेरिकामा संक्रमणदर बढिरहेको छ, भने ब्राजिलमा मृत्युदर निरन्तर बढिरहेको छ।

अमेरिकामा एक दिनमा कोरोनाबाट २ सय ४९ जनाको मृत्यु भएको छ। ४४ हजार ८ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा आइतबार बिहान सात बजेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ३ सय १३ पुगेको छ। २९ लाख ३५ हजार ४ सय २७८ जना संक्रमित छन्। संक्रमितमध्ये १२ लाख ५९ हजार ४ सय ६८ जना निको भएका छन्।

ब्राजिलमा एक दिनमा कोरोनाको संक्रमणबाट १ हजार १ सय ११ जनाको ज्यान गएको छ। ३५ हजार ३५ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ३ सय ६५ पुगेको छ भने १५ लाख ७८ हजार ३ सय ७६ जना संक्रमित छन्। संक्रमण ९ लाख ७८ हजार ६ सय १५ जना निको भएका छन्।

रुसमा एकदिनमा १ सय ६१ जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ३२ जना नयाँ संक्रमित थपिएका छन्।
यहाँ अहिलेसम्म कोरोनाका कारण १० हजार २७ जनाको ज्यान गएको छ भने ६ लाख ७४ हजार ५ सय १५ जनामा संक्रमण देखिएको छ।

कोरोना भाइरसबाट प्रभावित देशहरुमध्ये चौथो नम्बरमा रहेको भारतले आज रुसलाई उछिन्नेसक्ने देखिएको छ। रुसमा करिब भारतभन्दा ५ सय बढी संक्रमित छन् भने भारतमा रुस भन्दा ९ हजार बढीको मृत्यु भएको छ।

भारतमा बितेको चौबिस घण्टामा कोोना भाइरसका कारण ६ सय १० जनाको ज्यान गएको छ भने ३४ हजार १५ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोना भाइरसको संक्रमण निरन्तर बढरिहेको छ। आइतबार बिहानसम्भ्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ हजार २ सय ७९ पुगेको छ। ६ लाख ७३ हजार ९ सय ४ जना संक्रमित छन्।

भारतमा रहेका संक्रमितमध्ये ४ लाख ९ हजार ६२ जना निको भएका छन्। ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय