कोरोना संक्रमण र कोभिड–१९ का बिरामी

सन् २०१९ को अन्त्यतिर पहिलो पटक सार्स जस्तै नयाँ रोग फैलिँदा धेरै कुरा अन्योल थियो। अहिलेसम्म आइपुग्दा कोभिड–१९ रोगबारेमा अलि धेरै जानकारी अध्येताहरूले पत्ता लगाइसकेका छन्।

कोरोना भाइरसको संक्रमण हुनु भनेको भाइरसका कण शरीरमा प्रवेश गरी मानव शरीरको सुक्ष्म एकाई कोषमा प्रवेश गरेर संख्यामा उल्लेख्य मात्रामा बढ्नु हो। यो भाइरसले मुख्य रूपमा श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्दछ।

यसरी भाइरसको संख्या उल्लेख्य रूपमा बढेपछि नाक, श्वासनली, फोक्सो र मुखभित्रको नरम र ओसिलो तन्तुका कोषहरूले निकाल्ने बाक्लो तरल वा र्‍यालमा पाइन्छ। उक्त तरल वा र्‍याललाई कपासको सानो डल्लामा भिजाएर ल्याबमा जाँच्दा भाइरस भए नभएको यकिन गर्न सकिन्छ। संक्रमण भएका धेरै (लगभग ८५ प्रतिशत) लाई रोग लाग्दैन, त्यसको मतलब रोगको लक्षण देखिँदैन।

यस्तो अवस्थालाई भाइरसको संक्रमण भएको तर रोगको लक्षण नभएको एसिम्प्टोम्याटिक अवस्था भनिन्छ। भाइरसको संक्रमण भएको तर रोगको लक्षण देखिनु भन्दा अघिको अवस्था प्रि–सिम्प्टोम्याटिकमा हँुदा स्वस्थ देखिएको हुनसक्छ। प्रि–सिम्प्टोम्याटिक अवस्था २ देखि ३ दिनसम्म रहनसक्छ। भाइरसको संक्रमण भएको तर रोगको लक्षण देखिएको अवस्थालाई कोभिड– १९ को बिरामी अवस्था हो।

भाइरसको कण संक्रमितले खोक्दा, हाच्छियूँ गर्दा, कुराकानी गर्दा वा सामान्य श्वास फेर्दा नजिकको हावामा फैलिन्छ र जमिनमा झर्छ वा कुनै वस्तुमा टाँसिन्छ। वस्तु भन्नाले हात, कपडा, टेबल, बेड, ढोकाको ह्यान्डिल, रेलिङ आदिमा टाँसिन्छ।

फिलिपिन्सका १० हजार संक्रमितमा गरिएको अध्ययनअनुसार लगभग ८५ प्रतिशतलाई भाइरसको संक्रमण रोगको लक्षण रहेको व्यक्तिले सारेको पाइएको छ भने, प्रिसिम्प्टोम्याटिक अवस्थाको व्यक्तिबाट १२.५ प्रतिशत संक्रमण सरेको पाइएको छ भने एसिम्प्टोम्याटिकबाट संक्रमण सरेको पुष्टि गर्न सजिलो छैन किनभने धेरैजसो त्यस्ता व्यक्तिहरूलाई पत्ता लगाउन सकिँदैन।

एसिम्प्टोम्याटिकबाट संक्रमण भएका व्यक्तिको तुलनामा लक्षण भएका बिरामीले धेरै मात्रामा भाइरस निष्कासन गर्ने भएकाले तिनीहरूबाट संक्रमण सर्ने जोखिम बढी हुन्छ।

कोभिड–१९ का बिरामीमा प्रायजसो देखिने लक्षणमा ज्वरो, सुख्खा खोकी, आलस्य हुने, खानामा अरुचि, छिटो–छिटो श्वास फेर्ने, शरीर दुख्ने आदि हुन्। सामान्य अनुहार हेरेर आममानिसको लक्षण थाहा नहुने तथा यस्ता लक्षणहरू अन्य स्वास्थ्य समस्यामा समेत हुने भएकाले छुट्ययाउन टेस्ट नै गर्नुपर्ने हुन्छ।

आमजनताले संक्रमण सर्नबाट जोगिने भनेको सावधानीका उपायबाट नै हो। पहिलो कुरा, खोप पत्ता नलागेको र निकट छोटो अवधिमा खोप उपलब्ध हुने सम्भावना निकै कम भएकाले हाम्रो समाजले कोभिड–१९ सँगै अबका केही महिना वा वर्षहरू जोगिएर वा जोगाएर बाँच्नुपर्ने हुन्छ। त्यसैले यसबाट त्रसित हुनुभन्दा सावधानी अपनाएर अगाडि बढ्नु उत्तम हुन्छ।

भाइरसका कण हाम्रो शरीरमा प्रवेश गरिसकेपछि यसलाई तातो पानी पिउने, जडिबुटीको झोल जस्ता उपायले नष्ट गर्न सकिँदैन।  भाइरसको कण संक्रमितले खोक्दा, हाच्छियूँ गर्दा, कुराकानी गर्दा वा सामान्य श्वास फेर्दा नजिकको हावामा फैलिन्छ र जमिनमा झर्छ वा कुनै वस्तुमा टाँसिन्छ। वस्तु भन्नाले हात, कपडा, टेबल, बेड, ढोकाको ह्यान्डिल, रेलिङ आदिमा टाँसिन्छ।

यसरी निस्किएको भाइरस दुई तरिकाबाट हाम्रो शरीरमा प्रवेश गर्छ। पहिलो संक्रमित व्यक्तिको नजिकमा हुँदा उस्ले खोक्दा हाच्छ्यिूँ गर्दा बोल्दा वा श्वास फेर्दा निस्किएको हाम्रो आँखाले देख्न नसकिने छिटा हामीले श्वास लिँदा प्रवेश गर्छ। यस्तो तरिकाबाट छिटो र धेरै भाइरस हामीमा सर्छ। खोक्दा, हाच्छ्यिूँ गर्दा वा कुरा गर्दा संक्रमितको नजिक बसेर श्वास लिँदा संक्रमण सर्ने जोखिम सबैभन्दा धेरै हुन्छ।

त्यसैले यसबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक व्यक्तिबीचको दूरी कम्तीमा २ मिटर (यो भन्दा बढी भए राम्रो) कायम गर्ने, सकेसम्म भीडभाडमा नजाने, बाहिर निस्कँदा मास्क वा कपडाले नाकमुख छोप्ने गर्नुपर्छ। यसो गर्दा हावाबाट भाइरसका कण सर्नबाट जोगिन्छ।

लामो समयसम्म मास्क लगाउँदा श्वासप्रश्वासमा अवरोध हुँदा रगतमा अक्सिजनको कमी हुन्छ। त्यसैले मान्छेको नजिक जाँदा मात्र प्रयोग गर्ने। यो भाइरस जुनसुकै उमेरको मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छेसँग पर्याप्त दूरी कायम गरेर मात्र जोगिन सकिन्छ।

दोस्रो संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यिूँ गर्दा निस्किएका आँखाले देखिने वा नदेखिने छिटाहरू हात तथा हातबाट छोइएर अन्य वस्तुमा टाँसिएको हुन्छ। त्यस्तो वस्तु छोएको हातले मुख वा नाकमा छुँदा संक्रमण सर्छ। पटक–पटक शंकास्पद वस्तु छोएपछि हरेकपल्ट साबुन पानीले मिचिमिचि हात धुने कार्यले हातको माध्यमबाट आँखा, नाक वा मुखमा छोइएर भाइरस प्रवेश गर्नबाट जोगिन्छ।

यदि घरमा कोही संक्रमित छैनन् भने भूइँलाई किटनाशकले पुछ्नुपर्दैन। धेरै पटक छोइने वस्तु जस्तै टेबल, रेलिङ, बिजुलीको स्विच आदिलाई डिटरजेन्टको घोलले सफा गर्न सकिन्छ।

पार्सल गरेको सामान, पसलको सामान, एटीएम चलाँउदा वा छुँदा सिधै यो भाइरस सर्दैन तर यदि त्यो सामान वा वस्तुको सतहमा भाइरस टाँसिएको रहेछ र उक्त वस्तु छोएको हातले मुख वा नाक छुँदा सर्न सक्छ, त्यसैले कुनै पनि शंकास्पद वस्तु वा सामान छोएपछि साबुनपानीले हात मिचिमिची धुनुपर्छ ताकि त्यो हातले मुख, नाक, आँखामा छुँदा भाइरस प्रवेश नगरोस्।

पकाएको खाना खाँदा यो भाइरस सर्दैन। यो भाइरस खुला हावामा तैरिएर बस्दैन, त्यसैले तपाई हिँड्न र घुम्न सक्नुहुन्छ तर माथि भने जस्तै कम्तीमा २ मिटरको दूरी कायम गरी पार्क, बाटो वा अन्य खुला स्थानमा मर्निङ वाकमा जान वा अन्य काम गर्न सकिन्छ तर दूरी कायम गर्ने। यसको रोकथाममा प्रयोग हुने साबुन सामान्य किसिमको भए पुग्छ, विशेष किसिमको चाहिँदैन।

हरियो साग सब्जी, फलफुल, कागती, महजस्ता वस्तुको नियमित सेवनले रोग प्रतिरोध क्षमता बढाउन सकिन्छ तर भाइरस शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्न। लामो समयसम्म मास्क लगाउँदा श्वासप्रश्वासमा अवरोध हुँदा रगतमा अक्सिजनको कमी हुन्छ। त्यसैले मान्छेको नजिक जाँदा मात्र प्रयोग गर्ने। यो भाइरस जुनसुकै उमेरको मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छेसँग पर्याप्त दूरी कायम गरेर मात्र जोगिन सकिन्छ।

चिकित्साकर्मी र सफाइकर्मीले काम गर्दाबाहेक अन्य व्यक्तिले ग्लोभ्स लगाउनु राम्रो होइन। यसो गर्दा भाइरस ग्लोभ्समा जम्मा भएर बस्छ र संक्रमणको जोखिम बढ्छ। यो भन्दा नियमित साबुनपानीले हात धुनु राम्रो हुन्छ। यदि साबुनपानी छैन भने स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ।

राज्यको दायित्व लक्षण देखिएका, प्रि–सिम्प्टोम्याटिक अवस्थाका वा शंकास्पद व्यक्ति जो संक्रमित क्षेत्रबाट आएकाहरूको धेरैभन्दा धेरैको टेस्ट गर्ने र संक्रमितहरूलाई आइसोलेट गर्नुपर्ने हुन्छ। त्यसै गरी आम नागरिकहरूले जोगिने उपाय अपनाउनुको विकल्प छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय