बरिष्ठ नर्स मीनाको दोस्रो गीत ‘मायामा मालामाल’ बजारमा
अहिले विश्व कोरोनाको महामारीसँग जुधिरहेको समयमा सामाजिक दूरी कायम गर्नु नै उत्तम उपाय हो। त्यस्तै लामो समयसम्म भएको लकडाउनले मानिसहरूमा अहिले मनोसामाजिक असरहरू देखिन थालेका छन्।
पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको समयमा एउटा नर्स भने सांगीतिक कोसेलीहरू बजारमा ल्याएर सबैलाई मनोरञ्जन प्रदान गर्न सक्रिय छिन्। केहि दिन पहिले शिरमा फूल बोलको गीत ल्याएर चर्चामा एकी नर्स मिना कार्कीले यतिवेला फेरी अर्को गीत बजारमा ल्याएकी छन्।
उनले यतिबेला ‘मायामा मालामाल’ बोलको गीत बजारमा ल्याएकी छन्। यसले मनोरञ्जन प्रदान गर्नुका साथै मनोसामाजिक तनाबलाई कम गर्न सहयोग पुग्ने कार्कीको विश्वास छ।
मिना कार्की र सन्तोष श्रेष्ठको स्वर रहेको गीतमा बरिस्ट संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा डा। नवि अधिकारीको शब्द रहेको छ।
गीतको म्युजिक भिडियोमा मोडल कमल सिंह र नगमा श्रेष्ठ तथा बाल कलाकार सार्थक अर्यालको अभिनय देख्न सकिन्छ।
ओ एस आर डिजिटलले बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन भने छायाङ्कन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ।
गायिका मिना कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्य कर्मी र सिनियर नर्स हुन्।