बाँकेमा थप पाँच जनामा कोरोना पुष्टि

बाँकेको भेरी अस्पतालमा शनिवार गरिएको परिक्षणमा बाँकेका थप ५ जनामा कोरोना पुष्टि भएको छ।

अस्पतालका अनुसार शनिबार थपिएका नयाँ संक्रमितमा जानकी गाउँपालिका ३ का २७ वर्षीय महिला, राप्तिसोनारी ७ का ४० वर्षीय पुरुष, कोहलपुर ३ का ३१ वर्षीय पुरुष, १० का ४५ वर्षीय पुरुष र बैजनाथ २ का ३५ वर्षीय पुरुष रहेका छन्।

योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ। दुई जनाको मृत्यु भइसकेको छ भने अब आइसोलेसनमा २८ जना मात्र रहेका छन्। बाँकी निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय