कोरोना संक्रमित नै प्रदर्शनमा उत्रिएपछि…

स्वाब संकलनपछि रिपोर्ट नआउँदै घर पठाइएको मानिसमा कोरोना संक्रमण देखिएपछि अछाममा संक्रमितनै आन्दोलनमा उत्रेका छन्।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २९ जनामा घर गएपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। रिपोर्ट नआउँदै घर पठाएपछि संक्रमण पुष्टि हुँदा गाउँनै संक्रमणको जोखिममा परेपछि शनिबार संक्रमित र संक्रमितका आफन्तले गाउँपालिकामा प्रदर्शन गरेका हुन्।

आरडिटी पोजेटिभ देखिएपछि गाउँपालिकाका २९ जनाको स्वाब संकलन गरेर पिसीआर परीक्षणका लागि असार ५ गते धनगढी पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले गाउँपालिकाका २९ जनामा कोरोना भाइरस पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो। तर, असार १५ गते पिसिआर रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरूलाई गाउँपालिकाले नै घर पठाएको थियो।

गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै झुट बोल्दा आफूहरूले संक्रमण अवस्थामै घरजानु परेको उनिहरूको आरोप छ।

स्वास्थ्य शाखा प्रमुख रावलले रिपोर्ट नआउँदै क्वारेन्टाइनमा बसेकालाई घर जान निर्देशन दिएको स्वीकार गरे। उनले भारतबाट आएका नागरिकलाई १४ क्वारेण्टाइनमा राखेर घर पठाउनु भन्ने निर्देशनका आधारमा सवैलाई विदाई गरिएको बताए। २९ जना शुक्रबार कोरोना संक्रमित भेटिए पनि गाउँपालिका भने मौन बसेको छ। गाउँ–गाउँमा कोरोना जोखिम बढ्दा पनि संक्रमितहरू कहाँ छन् भन्नेबारे गाउँपालिका बेखबर छ।

उनले संक्रमितहरूबारे के गर्ने भन्नेबारे गाउँपालिकाको बैठक बसिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय