सुदूरपश्चिममा थप ५९ कोरोनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टाको को अवधीमा सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौं ४९ र धनगढी प्रयोगशालामा १० गरी ५९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिम संक्रमितको संख्या तीन हजार पाँच सय ९४ पुगेको छ।

आज थपिएका संक्रमितहरू मध्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीन/तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ। जसमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उपमहानगरपालिका–२ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सुदूरपश्चिमका संक्रमित मध्ये ८ जनाको मृत्यु भइसकेको छ भने पाँच सय ७२ जना डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय