स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमित शवबाट कोरोना सर्दैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएर मृत्यु भएको व्यक्तिबाट कोरोना नसर्ने जनाएको छ।  मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी गराएका हुन्।

‘कोरोना संक्रमण खोक्दा, हछिँयू गर्दा, बोल्दा निस्कने छिटाबाट सर्ने गर्दछ, डा. गौतमले भने,‘ संक्रमणबाट मृत्यु भएको मानिसबाट खोक्ने, हछिँयू गर्ने तथा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुँने भएकोले संक्रमण सर्दैन।’

संक्रमण भएर मृत्युभएपछि जमिनमा खाल्टो खनि,जलाई वा अन्य तरिकाले आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने डा. गौतमले बताए।

शवबाट संक्रमण नसर्ने हुँदा सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने उनले बताए।  नेपालमा हालसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये ३४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय