कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ३४ पुग्यो

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको १७ असारमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनी १४ गते अस्पताल भर्ना भएका थिए। मृत्यु भएपछि पिसिआर परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो।

मृतक क्षयरोगीका बिरामी थिए। योसँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय