भरतपुर क्यान्सर अस्पताल पुर्णरुपमा सञ्चालन

वसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ असार २० गते १५:१२

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुर्ण रुपमा सञ्चालनमा आएको छ । लकडाउनको सुरुवाति चरणमा केही प्रभावित भएका सेवा क्रमशः पुर्ण रुपमा सञ्चालनमा आउन थालेको अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले जानकारी दिए।

‘लकडाउनमा विरामीको संख्या कम हुँदा फुल फेजमा सेवा सञ्चालन हुन सकेको थिएन् । लकडाउन खुकुलो भएसंगै विरामीको संख्या बढेको छ,’ उपनिर्देशक डा.शर्माले भने, ‘अहिले लकडाउन अघिको जस्तै फुल फेजमा आउन थालेको छ ।’

क्यान्सर अस्पतालमा दैनिक तीन सयको हाराहारीमा विरामी आउन थालेका छन् । लकडाउनको पहिलो महिनाको तथ्याङ्क हेर्ने हो दैनिक सय जना भन्दा कम विरामी आउने गरेका थिए ।

‘अहिले ओपिडिमा दैनीक तीन सय जति विरामी आएका छन् । ७० प्रतिशत बिरामी भर्ना भएका छन्, उनले भने, ‘आएका विरामी बेड नपाएर फर्केको अवस्था पनि छैन । चेकअप भइरहेको छ ।’

रेडियोथेरापि र केमोथेरापी, शल्यकृया सेवा समेत पुर्ण रुपमा सञ्चालनमा छन् । लकडाउनको सुरुवात देखि नै केमोथेरापि सेवा पुर्ण रुपमा सञ्चालनमा थियो । त्यतिखेर पनि दैनिक १सय २६ जनाको केमोथेरापि हुने गरेको थियो । कोरोनाका समय उच्च जोखिम हुने इन्डोसकोपि सेवा समेत पुर्ण रुपमा सञ्चालनमा छ, उनले भने।

लकडाउनको बिचमा केही समय रेडियोथेरापि सेवा बन्द रहेको थियो । अहिले नियमिति रेडियोथेरापी भइरहेको छ । यहाँ दैनिक ९० जनाको हाराहारीमा थेरापि हुने गरेको छ ।

अस्पतालमा दैनिक क्यान्सरका मेजर ८ वटा अप्रेशन गर्ने गरेको छ। बिरामी कुरुवा बस्नका लागि अस्पतालले छुट्टै घरको व्यवस्था गरेको अस्पताल प्रशासनले जनाएको छ। जहाँ २ सयभन्दा बढी मानिसहरु बस्ने बन्दोबस्त रहेको छ। अन्तरंग विभागबाट दैनिक २५० जनाले सेवा लिइरहेका छन्।

सरकारले आधा कर्मचारी प्रयोग गरेर सेवा सञ्चालन गर्न भनेपनि विरामीको संख्या बढ्दै गएपछि सवै कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई काममा बोलाईएको डा.शर्माले बताए । अहिले आकस्मिक सेवा सञ्चालनमा छ । यहाँ ७० जनाले सेवा लिएका छन् ।

अस्पतालमा सेवा लिन आउने विरामीको सुविधा र उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमा समेत ध्यान दिई दैनिक रुपमा आरडिटि र पिसिआर विधिद्धारा कोरोना परीक्षण हुने गरेको छ ।

उच्च जोखिममा रहेका ठुला शल्यक्रिया गर्नुपर्ने, ब्लड क्यान्सर लगायत लामो समय ज्वरो आएका विरामी, घाँटी र छातिमा समस्या देखिएका विरामीलाई छुट्टाएर आरटिपिसिआर टेष्ट गर्ने गरिएको जानकारी दिए।

उच्च जोखिम क्षेत्रबाट आउने र केमोथेरापी लगायत अन्य सेवा लिने विरामीहरुका लागि छनोट गरी आवश्यक विरामीलाई आडिटि विधिबाट परीक्षण गरिने गरिएको शर्माले बताए । यहाँका दुवै जाँचहरु स्वास्थ्य मन्त्रालयको समन्वयमा भइरहेका छन् ।

आरडिटि परीक्षण लागत मुल्यभन्दा पनि कम रकममा जाँच भइरहेको छ । दैनिक ४० देखि ५० जनामा कोरोना परीक्षण हुने गरेको छ ।

अहिलेसम्म क्यान्सर अस्पतालमा उपचार गर्न आएका तीन जना विरामीमा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालमा कोरोना पोजेटिभका विरामी भेटिएपनि उच्च सावधानिका साथ नियमित सेवा सञ्चालन गरेको छ ।

पोजेटिभ देखिएका विरामीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर टेष्ट गरिने गरिएको छ । अहिलेसम्म परीक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको शर्माले जानकारी दिए।

विरामी बढ्न थालेपछि अस्पतालको आम्दानी पनि तीन गुणाले बढेको छ । ‘लकडाउनको सरुवातमा एक दुईलाखमा सिमित रहेको आम्दानी हाल १२ लाखमा पुगेको छ ।

दैनिक २ लाखको हाराहारीमा आम्दानी भएको थियो ‘अहिले दैनिक १२ लाख आम्दानी हुन्छ उनले भने,‘क्यान्सर अस्पतालले बार्षिक ३५ करोडको हाराहारीमा आम्दानी गर्दै आएको छ ।

क्यान्सर अस्पतालमा भारत देखिका विरामी आउने गरेका छन् । यहाँ सामान्य दिनमा दैनिक ६सयको हाराहारीमा विरामी आउने गर्दछन् । अस्पतालमा ४ सय ५० बेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय