काठमाडौंका ढल–ढलमा कोरोना भाइरस, समुदायमा फैलिएको आशंका

काठमाडौं उपत्यकामा ढलको पानीमा कोरोना भाइरस पाइएको छ। उपत्यकाको मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनमा कोरोनाका भाइरसको संक्रमण देखिएको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो।

एक सय घरको शौचालयको ढलको एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिइएको थियो।

पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुना जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखा परेको अनुसन्त्रानकर्ता डा। दिवेश कर्माचार्यले बताए।

‘मानिसको दिसामा समेत कोरोना भाइरस रहेको अनुसन्धानले देखाएको छु, उनले भने, ‘मानिसको दिसामा भाइरस भेटिएको हुनाले संक्रमण समुदायमा फलिसकेको संकेत गरेको छ।’

ढलमा भाइरस देखिदाँ उपत्यकामा धेरै जनामा संक्रमण देखिएको हुनसक्ने आशंका रहेकको जनस्वास्थ्यविद् डा‌.समीरमणि दिक्षितले बताए। ती स्थानको बारे भने केही खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय