कांग्रेस सहमहामन्त्री महत नेतृत्वको कोभिड–१९ को अनुमगन समितिले पूर्णता पायो

कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाली कांग्रेसले अनुगमन समितिको गठन गरेको छ। पार्टीका सहमहामन्त्री डा. प्रकाश महतको संयोजकत्वमा गठन भएको समितिमा ३५ सदस्य रहेका छन्।

केन्द्रीय कार्यसमितिको जेठ २६ गते बसेको बैठकले कोभिड १९ का कारण उत्पन्न परिस्थिितका सम्बन्धमा अनुगमन गर्न डा. मतहको संयोजकत्वमा गठन गर्ने निर्णय गरेको गरे बमोजिम ‘कोभिड–१९ अनुगमन समिति’ले शुक्रबार पुर्णता पाएको हो।

उक्त समितमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य,आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रहरुका विज्ञहरु रहेका छन्। शुक्रबार बसेको बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको छ।

स्वास्थ्य, शिक्ष, पर्यटन,वैदेशिक, रोजगार,अर्थ,उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्युनिकरण गर्न सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय समेत गरेको छ।\

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय