बयोधा अस्पतालका १ नर्स र २ कर्मचारीमा कोरोना, कन्ट्‌याक्ट ट्रेसिङमा ढिलाई

असार २०- बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत एक नर्स र २ जना काउन्टर स्टाफमा कोरोना पुष्टि भएपनि सरेको संभावित स्रोतको निक्र्यौलमा ढिलाईले अस्पतालका कर्मचारी र बिरामीमा त्रास बढेको छ ।
अस्पतालका एक दर्जनभन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । अस्पताल प्रशासनले संक्रमणको स्रोत यकीन भएपनि बल्ल अन्यको परीक्षण गरिने जानकारी दिएको छ ।

विशेषगरी व्यक्तिगत सुरक्षा सामग्री लगाएर सेवामा खटिएकी नर्स र टिकट काउन्टरकै स्टाफमा संक्रमण देखिएपनि बिरामीबाट उनीहरुमा र उनीहरुबाट अन्य स्टाफ वा बिरामीमै कोरोना फैलिएको आशंका गरिएको छ ।

संक्रमण पुष्टि भएको तीन दिन बितिसक्दा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले कन्ट्रयांक ट्रेसिङमा तदारुकता नदेखाएको अस्पताल प्रशासनको गुनासो छ ।

महाशाखाका कन्ट्रयाक ट्रेसिङ प्रमुख महेन्द्रध्वाज अधिकारीले काम भइरहेको र नसकिएको बताए । ‘भर्खर तीन दिन त भयो, हुँदैछ रिपोर्ट आएको छैन्’ उनले भने ।

इडिसिडीका अधिकारीहरुले भने, अस्पतालले काउन्टरमा खटिन जनशक्तिलाई प्रयाप्त व्यक्तिगत सुरक्षा सामग्री दिएर सावधानी नअपनाएका कारण संक्रमण सरेको आशंका गरेका छन् ।

पछिल्ला दिनमा रानधानीभित्रकै निजी अस्पतालहरुका बिरामी र स्वास्थ्यकर्मीमा कोरोना देखिने क्रम बढेसँगै उपत्यकामा समुदायमै संक्रमण फैलिएको आशंका गरिएको छ ।

कोरोना फैलिएका ठाउँमा एक्पोज नभएका र घरपरिवारमा विदेश वा उपत्यकाबाहिरबाट आएकाहरुलाई पनि नभेटेकाहरुमा समेत संक्रमण बढ्दै जाँदा संक्रमण भित्रभित्रै फैलिएको आशंका बढ्न थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हालसम्म उपत्यकाभित्रका १२ भन्दा बढी केसहरुको सरेको स्रोत पत्ता नलागेका कारण उनीहरु वरपरको समुदायमा छ/छैन् भन्ने यकीन गर्न अनुसन्धान सुरु भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय