कपिलवस्तुमा आइसोलेसनबाट ६ सय ६४ जना घर फर्किए

कपिलवस्तुमा ६ सय ६४ जना घर फर्की सकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कुल संक्रमितको संख्या ७ सय ४४ हो ।

संक्रमितहरु निको भई घर फर्किएपछि कपिलवस्तुका आइसोलेसन रित्तिदै गएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुमा शु्क्रबारसम्म आइसोलेसनमा ७९ जना मात्र संक्रमित रहेका छन् ।

सरकारले नयाँ निर्देशिका जारी गर्दै १४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । त्यससँगै भेटिएका संक्रमितहरूलाई १४ दिनको अबधि पूरा गरि घर पठाईएको हो ।

जिल्लाका १० पालिका मध्ये यशोधरा, मायादेवी गाउँपालिका र महाराजगंज नगरपालिकामा भेटिएका सबै संक्रमित घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ र मायादेवीमा ७५ जना संक्रमति भेटिएका थिए ।

अहिले ती पालिकाका आइसोलेसन खाली छन् । कृष्णनगरमा एक जना, शुद्धोधन र बुद्धभूमिमा दुई, दु्ई जना मात्र संक्रमित छन् । त्यसैगरी बाणगंगामा ३०, बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित छन् ।

कारोना भाईरसको संख्या बढेर त्रसित बनेका कपिलवस्तुवासी अहिले भने त्रासमुक्त जस्तै बनेका छन् । कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएका संक्रमतिहरू मध्ये कसैलाई पनि केही नहुनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका छ । जिल्लाको बजारहरूमा पहिले जस्तै भीडभाड बढेको छ ।

जिल्लामा कोरोनालाई अहिले सामान्यरुपमा लिइएको छ । भेटिएका संक्रमितहरूलाई केही नभएको र यसले केही पनि असर नगर्ने बुझाई भएकाले अहिले जिल्लामा कोरोनाबाट डराउन छाडेको स्थानीय रबि ठाकुर बताउँछन् ।

यहाँसम्मकी बिदेशबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखि सिधै घर पठाउने गरिएको उनले बताए । कोरोनाले पछि के असर गर्छ त्यो थाहा छैन् तर, अहिले जिल्लामा कोरोनासंग अब डराउन छाडेका छन् । जिल्लामा ८ हजार २ सय २४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको रिर्पोट आउन बाँकी छ ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा कोरोना निको हुने दर ७३.२५ प्रतिशत छ । कपिलवस्तुका १६३ वटा क्वारेन्टाइनमा ३०८ जना व्यक्ति रहेका छन् । यसले कोरोनाको हटस्पटको रुपमा रहेको बिस्तारै कपिलवस्तु कोरोनामुक्त हुदै गएको छ । प्रदेश ५ मा १२ जनाको मृत्यु भएकोमा कपिलवस्तुमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय