कान्ति अस्पतालमा १३ महिनाको शिशुमा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोनाको संक्रमण देखिएको छ। गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो।

कोरोनाको आशंकामा सोमबार परीक्षणको लागि स्वाब संकलन गरेको त्यसको रिर्पोट शुक्रबार पोजेटिभ आएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

संक्रमण पुष्टि भएसँगै उनलाई बलम्बुस्थित युनिफाइड अस्पताल पठाइएको छ। शिशुमा रगतको कमी, ज्वरो जस्ता समस्या रहेको थियो। हामीले शंकास्पद बिरामी भने आइसोलेसनमा राखिका थियौँ, डा. पौडेलले भने।

आइसोलेसन वार्डमा शिशुको उपचामा सम्लग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको पीसीआर परीक्षणको तयारी भएको पौडेले जानकारी दिए।
अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *