गोरखामा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गोरखाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ।

लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले बताए।

असार १६ गते कतारबाट आएका पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो। पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो।

गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय