विश्व काेराेना कहर- एकैदिन थप २ लाखभन्दा बढी संक्रमित थपिए, ५ हजारभन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरसको संक्रमणदर निरन्तर रुपमा बढिरहेको छ।  बितेको चौबिस घण्टामा विश्वभर २ लाख ७ हजार ७ सय १६ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने ५ हजार १ सय ३७ जनाको मृत्यु भएको छ।

योसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख २८ हजार ३ सय ७६ पुगेको छ। १ कारोड ११ लाख ८१ हजा ३ सय १५ जना संक्रमित पुगेका छन्। संक्रमण देखिएकामध्ये ६२ लाख ६७ हजार ९ सय ९८ जना निको भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा भाइरसको संक्रमणदर प्रतिदिन बढिरहेको छ।

अमेरिकामा एकै दिनमा कोरोना भाइरसका कारण ६ सय १६ जनाको मृत्यु भएको छ भने ५५ हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।

शनिबार बिहान ५ बजेसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार १ सय १ पुगेको छ भने, २८ लाख ९० हजार ४ सय १५ जना संक्रमित छन्।

अमेरिकामा भेटिएका संक्रमितमध्ये १५ हजार ९ सय २८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १२ लाख १० हजार ८ सय ६ जना निको भएका छन्।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण र मृत्युदर लगातार बढिरहेको छ।

बितेको चौबिस घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २ सय ६४ जनाको ज्यान गएको छ, भने ४१ हजार ९ सय ८८ जना नयाँ संक्रमित थपिएका छन्।

हालसम्म ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ हजार २ सय २५ पुगेको छ भने १५ लाख ४३ हजार ३ सय ४१ जना संक्रमित छन्।

ब्राजिलमा रहेका संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने, ९ लाख ४५ हजार ९ सय १५ जना निको भएका छन्।

भाइरसबाट प्रभावित तेस्रो नम्बरमा रहेको रुसमा एकदिनमा १ सय ७६ जनाको ज्यान गएको छ भने ६ हजार ७ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा अहिलेसम्म भाइरसका संक्रमितमध्ये ९ हजार ८ सय ५९ जनाको, मृत्यु भएको छ भने ६ लाख ६७ हजार ८ सय ८३ जना संक्रमित छन्। संक्रमितमध्ये २ हजार ३ सयको अवस्था गम्भीर छ।

कोरोना भाइरसबाट प्रभावित देशहरुमध्ये चौथो नम्बरमा रहेको भारतमा कोरोना भाइरसका कारण एकदिनमा ४ सय ४द्ध जनाको मृत्यु भएको छ भने २२ हजार ७ सय २१ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म कोरोनाबाट १८ हजार ६ सय ६९ जनाको ज्यान गएको छ भने, ६ लाख ४९ हजार ८ सय ८९ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था नाजुक रहेको छ भने ३ लाख ९४ हजार ३ सय १९ जना निको भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय