संक्रमण बढ्दो, परीक्षण खस्कँदो, नमुना संकलनमै कमी

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनहुँ बढिरहेको अवस्थामा परीक्षणको दायरा भने घट्दै गइरहेको छ। शुक्रबार ४ हजार ४ सय ८३ को पिसिआर परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको थियो।

पछिल्ला १९ दिनको तथ्यांक हेर्दा कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको देखिन्छ तर पिसिआरको परीक्षण भने खुम्चिँदै गएको छ। केही दिनयता दैनिक ४ हजारभन्दा बढी परीक्षण हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

असार ६ मा मन्त्रालयको आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजारको हाराहारीमा पिसिआर परीक्षण हुने घोषणासमेत गरेका थिए। तर, घोषणाको कार्यान्वयन गर्नमा सरकार चुकेको छ ।

‘अहिले भएकामा जनशक्ति थपेर, चौबिसै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ,’ मन्त्री ढकालले भनेका थिए, ‘निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिन्छ।’

‘समयमा स्वाब संकलन नहुँदा कोरोना परीक्षण दर कम देखिएको हो,’ उनले भने, ‘कहिले स्याम्पल चाहिने ठाउँमा पुगिसकेको हुँदैन, त्यसले गर्दा कम परीक्षण भएको देखिएको हो।’

उनको उक्त भनाइ आधार मान्ने हो भने न त जनशक्ति विस्तारमा नै थप काम भएको देखिँदैन। अनुमति पाएका तीन निजी प्रयोगशलाले पिसिआर परीक्षण सुरु गर्न पाएका छैनन्।

हाल देशभरका २३ वटा प्रयोगशालामा पिसिआर परीक्षण हुँदै आएका छन्।

प्रवक्ता डा. गौतम भन्छन्– नमुना संकलन कम भएकाले परीक्षणको दायरा बढेन

नमुना संकलन कम भएको हुँदा परीक्षणको दायरा बढाउन नसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘समयमा स्वाब संकलन नहुँदा कोरोना परीक्षण दर कम देखिएको हो,’ उनले भने, ‘कहिले स्याम्पल चाहिने ठाउँमा पुगिसकेको हुँदैन, त्यसले गर्दा कम परीक्षण भएको देखिएको हो।’

विदेशबाट आउने तथा क्वारेन्टाइनमा रहेका संख्या विस्तारै कम भएसँगै अब परीक्षणको दायरा बढाउने रणनीति परिर्वतन भएको डा. गौतमले बताए ।

उनका अनुसार अब क्यान्सर, मधुमेह, इमर्जेन्सी र आइसियुमा भर्ना भएका, पकेट क्षेत्रमा बसोबास गर्ने व्यक्ति र स्वास्थ्यकर्मीमा परीक्षण दर बढाइने छ।

‘क्वारेन्टाइनमा भएका मानिसहरूको संख्या अब न्युन छ,’ उनले भने, ‘परीक्षणको दायरा बढाउनका लागि अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीमा परीक्षण गर्न गइरहेका छौं।’

आगामी दिनमा अब १० हजारको हाराहारीमा परीक्षण उनको भनाइ छ।  १ लाख ५० हजारको व्यक्तिको पिसिआर परीक्षण गर्नमा कुनै स्वास्थ्य सामग्रीको अभाव नहुने डा. गौतमले दाबी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय