ह्याम्समा मृत्यु भएका वृद्धमा अस्पतालबाटै कोरोना सरेको आशंका

कोरोना भाइरसको संक्रमणबाट आज राजधानीमा थप एक जनाको मृत्यु भएको छ। मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचाररत नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा अस्पतालबाटै कोरोना सरेको आशंका गरिएको छ।

ति पुरुष उक्त रक्तचाप तथा पार्किसन समस्याबाट ग्रसित थिए। मृत्यु भएका पुरुषसँगै रेडियोलोजी विभागका एक कर्मचारीमा पनि संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले बताए।

‘मृत्यु भएका पुरुषसँगै रेडियोलोजी विभागका एक कर्मचारीमा संक्रमण देखिएको छ, डा. पाण्डेले भने,‘सम्पर्कमा आएका अन्य कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएको छ।’

महाशाखाले थप एक कर्मचारीमा संक्रमण देखिएको भनेपनि क्याटिङ तथा अन्य कर्मचारीमा पनि कोरोना संक्रमण फैलिएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालको संक्रमित जनशक्तिले विदेशबाट आएका होल्टिङ सेन्टरमा रहेका मानिसहरूको नमुना लुकिछिपी संकलन गर्दै परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउने गरेको पाइएको  छ।

त्यसरी असुरक्षित रुपमा पठाउँदा अस्पतालका कर्मचारीमा संक्रमण हुन सक्ने र त्यहीबाट बृद्धमा सरेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ।  संक्रमण कसरी फैलियो भन्ने विषयमा महाशाखाले कन्ट्याक ट्रेसिङको काम थालिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय