झापामा एकै दिन २८ कोरोना संक्रमण पुष्टि

झापामा एकै दिन अहिलेसम्मकै उच्च कोरोना संक्रमित फेला परेका छन्। आज एकै दिन झापामा २८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित त्यसमध्ये १४ जना मेचीनगर नगरपालिकाका छन्। बाँकी संक्रमित अर्जुनधारा, कनकाई, बिर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिकाका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

भारतबाट आएर मेचीनगर १० स्थित राधास्वामी क्वारेन्टाइनमा बसेका मेचीनगरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरू मेचीनगर ३, ५, ९, १०, १२, १४ र १५ का भएको जनाइएको छ। मेचीनगरका १४ जनामध्ये ४ महिला र १० पुरुष छन्। आज संक्रमित भएकाहरू २० वर्षदेखि ५५ वर्ष उमेर समू‍हका रहेको जनाइएको को छ। १४ जना थपिएसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ।

अर्जुनधाराका ८, कनकाईका २, हल्दिबारीका ३ र बिर्तामोडका एकजनामा पनि संक्रमण पुष्टि भएको छ। बिर्तामोड ३ स्थित मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेकी महिलामा कोरोना पुष्टि भएको हो।

उनी विदेशबाट आएको खुलेपनि उनको ठेगाना र फर्केको देशबारे बिर्तामोड नगरपालिकाले केही जनाएको छैन। यसअघि बिर्तामोडका दुईजनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्जुनधाराका २ जना महिलासहित ८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

उनीहरूसँगै ३२ जनाको स्वाब संकलन गरी परीक्षण लागि पठाइएको थियो। अरुको रिपोर्ट नेगेटिभ आएको छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई पुरुष निको भएर घर फर्किसकेका छन्।

अर्जुनधाराकी दुई वर्षीया बालिकासहित उनकी आमामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको उपचार भइरहेको छ।

त्यस्तै कनकाई नगरपालिका-२ का पुरुष र वड ३ का महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ। उनीहरू विदेशबाट आएर चम्पापुर क्वारेन्टाइनमा बसेका थिए।

आज २८ जना थपएिसँगै जिल्लामा संक्रमितको सँख्या २७९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय