नयाँ बानेश्वर बस्ने एक व्यक्तिको कोरोनाबाट मृत्यु

कोरोना भाइस ( कोभिड १९) को संक्रमण थप एक जना पुरुषको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंको नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष हुन्।

उच्च रक्तचापको समस्या देखिएपछि राजधानीको एक निजी अस्पतालमा असार १७ गते भर्ना भएका थिए। छाती दुखेको र पिसाब कम भएको समस्याका कारण भर्ना भएको मन्त्रालयले जनाएको छ।

अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका उनको १७ गते राती मृत्यु भएको थियो।  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

यो सँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय