एकैदिन थपिए ७४० कोरोना, संक्रमित संख्या १५ हजार २५९

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। शुक्रबार मात्रै देशमा ७४० जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ७४० जनामा संक्रमण पुष्टि भएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण पुष्टि भएको हो।

शुक्रबार थपिएका सहित नेपालमा संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ। शुक्रबार ८ सय २३ सक्रंमणबाट निको भएका छन्।
अहिलेसम्म ६ हजार १ सय ४३ जना संक्रमण निको भएका छन्।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय