अनशनकारी युवा भेट्न ह्याम्स अस्पताल पुगे पूर्व युवराज पारस

कोरोना महामारी नियन्त्रणलगायत सरकारको कार्यशैलीको आलोचना गर्दै अनशन बसेका युवा अभियान्ता भेट्न पूर्व युवराज पारस शुक्रबार ह्याम्स अस्पतालमा देखापरेका छन् ।

फ्रेन्चकट दारी, कालो चस्मा र सटबाहिर कोटमा देखिएका पारसले कपाल पनि पालेका थिए ।

कहिले विभिन्न युवतीसँगको सम्बन्ध, कहिल्यै सार्वजनिक क्षेत्रको उपस्थितिले चर्चामा आइरहने उनी पछिल्लोपटक सामाजिक आन्दोलनमा लागेकाहरुको समर्थनमा देखिएका हुन् ।

अस्पताल पुगेका शाहले अधिकारीका बुवा–आमासँग पनि केहीबेर कुराकानी गरेका थिए।‘इनफ इज इनफ’ अभियानका अधिकारी र बम आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए। कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका थिए।

बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल पुर्‍याइएको थियो।

अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ। पोखराबाट पारस बिहीबार मात्रै काठमाडौं आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय