गण्डकीका ४ जिल्लामा थपिए ३२ संक्रमित

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा शुक्रबार चार जिल्लामा ३२ संक्रमित थपिएका छन् ।

नवलपुरमा १९, तनहुँमा नौ, पर्वतमा तीन र बागलुङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा नवलपुरको कावासोती नगरपालिकाका १४, मध्यविन्दु नगरपालिकाका पाँच, तनहुँको ऋषिङ गाउँपालिकाका सात, भिमाद नगरपालिकाका दुई जना छन् ।

पर्वतको पैँयु गाउँपालिका, बिहादी गाउँपालिका, फलेवास नगरपालिकाका एक–एक जना र बागलुङको जैमिनी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यो सहित गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ६३ पुगेको छ । संक्रमितमध्ये दुई सय ९६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय