विश्व कोरोना कहर : एकैदिन थपिए २ लाख ८ हजारभन्दा बढी संक्रमित

विश्वभर एकैदिन २ लाख ८ हजार बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

विश्वका विभिन्न देहशरुमा बितेको चौबिस घण्टामा कोरोनाका कारण ५ हजार १ सय ४७ जनाको मृत्यु भएको छ।

२ लाख ८ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ भने १ करोड ९ लाख ७३ हजार ८ सय ४९ जना संक्रमित छन्।

कोरोना भाइरसका कारण अमेरिकामा चौबिस घण्टामा ५६ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् भने ६ सय ८२ वजनाको मृत्यु भएको छ।

योसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ दाख ३१ हजार ४ सय ८० पुगेको छ। २८ लाख ३६ हजार ८ सय २८ जना संक्रमित छन्।

कोरोना भाइरसबाट प्रभावित ब्राजिलमा एकदिनमा ४७ हजार ९ सय ४८ जना भाइरसका नयाँ संक्रमित थपिएका छन् भने १ हजार २ सय ७७ जनाको मृथ्यु भएको छ।

योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ९ सय ९० पुगेको छ भने १५ लाख १ हजार ३ सय ५३ जनामा संक्रमण भेटिएको छ।

बितेको चौबिस घण्तामा रुस कोरोना भाइरसका कारण १ सय ४७ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय ६० जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा अहिलेसम्म कोरोनाका कारण ९ हजार ६ सय ८३ जनाको ज्यान गएको छ भने ६ लाख ६१ हजार १ सय ६५ जना संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय