वीरको ओपिडीमा आएकी महिलामा कोरोना, चिकित्सक होम क्वारेन्टाइनमा

वीर अस्पतालमा ओपिडी सेवा लिएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको कार्डियो भास्कुलर एण्ड थोरासिक सर्जरी ( सिटिभिएस) को ओपिडीमा गत सोमबार उपचारका लागि आएकी एक महिलामा कोरोना पुष्टि भएको हो।

ती महिलामा कोरोना पुष्टि भएसँगै अस्पतालका तीन चिकित्सक होम क्वारेन्टाइनमा रहेका छन्।  चिकित्सकहरुको पिसिआर परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

सिटिभिएस विभागका प्रमुख डा. किरण श्रेष्ठका अनुसार उक्त महिलामा वीरमा ओपिडी जाँच गरेपछि थप उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको थियो।

उनको क्यान्सर अस्पतालमा स्तनको शल्यक्रिया गर्नको लागि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो। कोरोना पुष्टि भएपछि कन्ट्रायक हिस्ट्री खोज्ने क्रममा वीर ओपिडी सेवा लिएको भने पाइएपछि वीरमा अस्पतालमा खबर गरिएको थियो।

सो लगतै महिलासँग संलग्न भएका जनशक्तिको पहिचाहन गरि पिसिआर परीक्षणका लागि पठाइएको छ।  उनको उपचारमा खटिएका चिकित्सकमा कोरोनादेखिए ति चिकित्सकको सम्पर्कमा आएका अन्यको पनि कोरोना परीक्षण गरिने अस्पताल प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय