२४ घण्टामा ६६४ जना संक्रमण मुक्त, डिस्चार्ज हुने संख्या ५ हजार ३२०

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार १८ गते १६:४९

पछिल्लो २४ घण्टामा ६ सय ६४ जना कोरोना संक्रमणबाट निको भएका छन्। यो सँगै नेपालमा निको हुने संख्या ५ हजार ३ सय २० पुगेको छ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। बिहिबार मात्रै देशमा ४७३ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७३ जनामा संक्रमण पुष्टि भएको बताए। बिहिबार थपिएका सहित नेपालमा संक्रमित संख्या १४ हजार ५ सय १९ पुगेको छ।

उपत्यकामा ३१ जनामा कोरोना पुष्टि भएको छ।  त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा अस्पतालको गरिएको काठमाडौंमा २८, भक्तपुरका २ र ललिपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३१ पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय