अल्का अस्पतालमा ओपिडी असिस्टेन्ट र बिरामीमा कोरोना, संक्रमण फैलिएको शंका

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार १८ गते १५:४३

असार १८- ललितपुरको अल्का अस्पतालका दुई ओपिडी असिस्टेन्ट र जनरल वार्डमा भर्ना गरिएको बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरकै हरीसिद्धिस्थित क्यान्सर अस्पतालकी नर्समा समेत कोरोना संक्रमण देखिएको छ ।

ओपिडीमा कार्यरत स्वास्थ्यकर्मी र १९  बेडको जनरल वार्डको बिरामीमा संक्रमण पुष्टि भएको हो । ‘ओपिडी असिस्टेन्ट र जनरल वार्डकै बिरामीमा देखिएपछि अन्यमा पनि संक्रमण फैलिएको छ कि भन्ने त्रास देखियो,’ ललितपुर जिल्ला स्वास्थ्य कार्यलय स्रोतले भन्यो ।

अस्पतालले बिरामीलाई आइसोलेसनमा राखेर वार्डलाई निसंक्रमण गरेर सेवा सुचारु गरेको जनाएपनि ढुक्क हुने अवस्था नरहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ । ‘कन्ट्रयांक ट्रेसिङ गरेर अरुको पनि नमूना संकलन गर्ने त भनिएको छ, तर त्यसमा व्यवस्थापन खासै गम्भीर देखिएको छैन्’ एक नर्सले भनिन् ।

योसँगै अस्पतालका अन्य स्वास्थ्यकर्मी तथा कर्मचारी र वार्डका अन्य बिरामीमा पनि कोरोना संक्रमणको आशंका गरिएको छ ।

हरिसिद्धि क्यान्सरमा समेत सम्बन्धित वार्ड निसंक्रमण गरिएको जनाएको छ । तर, सम्बन्धित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुको सम्पर्क र संक्रमण खोजीमा अस्पतालहरु गम्भीर नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय