कर्णालीमा कोरोना संक्रमण रोकथामको ४५ प्रतिशत बजेट फ्रिज

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टाइएको ४५ प्रतिशत बजेट फ्रिज हुने भएको छ। कर्णालीमा कोरोना संक्रमण बढेसँगै संक्रमण रोकथामका छुट्टाइएको बजेट खर्च हुन नसकेपछि फ्रिज हुने भएको हो।

कर्णालीको सामाजिक विकास मन्त्रालयलगायत यहाँका स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालहरूका लागि कुल १६ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

जसअन्तर्गत आठ करोड ९९ लाख ४८ हजार दुई सय रुपैयाँ बजेट मात्र खर्च भएको हो। कोरोना संक्रमण रोकथामका लागि हालसम्म सामाग्री खरिद, औषधि खरिद, पूर्वाधार, जनशक्ति, प्रवर्द्धनात्मकलगायतका शिर्षकमा ५५ प्रतिशत मात्र बजेट खर्च भएको हो।

मन्त्रालयको बजेट खर्च शुन्य

कर्णालीको सामाजिक विकास मन्त्रालयसँग कोरोना संक्रमण रोकथामका लागि १२ लाख ५० हजार रुपैयाँ बजेट छुट्टाइएको थियो। तर, मन्त्रालयले भने उक्त बजेटबाट कुनैपनि खर्च गर्न सकेन।

मन्त्रालयले पिपिईलगायतका स्वास्थ्य सामाग्री खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर, हालसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेन।

मन्त्रालयका प्रवक्ता विष्णु प्रसाद अधिकारीले भने, ‘हामीले स्वास्थ्य सामाग्री खरिदका लागी आह्वान गरेका थियौं। तर, प्रक्रिया अघि बढ्न सकेन।’ बोलपत्रबाट आएकाहरूले गुणस्तरीय सामाग्री दिन नसकेकाले खरिद प्रक्रिया अघि नबढेको उनले जनाए।

जनशक्ति व्यवस्थापनमा ५३ लाख

कोरोना संक्रमण रोकथामका लागि कर्णालीमा प्रयाप्त स्वास्थ्यकर्मी तथा जनशक्ति अभाव भईरहँदा यसतर्फ बजेट पनि कमै खर्च भएको छ। कर्णालीका स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण देखिदा उनिहरूले आफुहरूमा प्रयाप्त तालिम तथा स्वास्थ्य सामाग्रीहरूको अभाव रहेको बताएका थिए। जनशक्ति व्यवस्थापन तर्फ ५३ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय