काठमाडौंका विभिन्न नगरपालिमा दादुरा रुबेलाको खोप अभियान सुरु (फोटो फिचर)

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बालबालिकालाई दादुरा रुबेला खोपको अभियान सुरु भएको छ। गत फागुन र चैत्र कोरोनाको कारणले रोकिएको कार्यक्रमलाई पुन सञ्चालनमा ल्याइएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

कोरोनाका कारणले रोकिएका ठाउँहरु पुन नगपालिकाको समवन्यमा सञ्चालनमा ल्याइएको उनले बताए।
उनका अनुसार दादु्रा तथा रुबेलाको खोप कार्यक्रम ३ सम्म चल्नेछ।

नेपालले सन २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो । बाल मृत्युदर घटाउनु, औषत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य रहेको छ ।

दादुरा र रुबेला रोगको कुनै उपचार नभएको र यसबाट बालबालिकालाई बचाउने एकमात्र उपाय खोप मात्र रहेको हो । यो सरुवा रोग भएको र खोक्दा, हाँछ्यु र हावाको माध्यमबाट यो सर्ने गर्दछ ।

दादुरा रुबेला एक भाइरसको माध्यमबाट सरुवा हुने गर्दछ भने यसका मुख्य लक्षणमा ज्वरो आउने, शरीरभरि बिमिरा देखा पर्ने, आँखा रातो हुने, नाकबाट पानी आउने गर्दछ।

अब झाडापखालाको विरुद्द बालबालिकालाई ‘रोटा खोप’

नेपालमा पलिलो पटक झाडापखालाविरुद्ध ‘रोटा खोप’ सुरु गरिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाले भर्चूअल कार्यक्रम मार्फत खोपको शुभारम्भ गरेका छन्।

बच्चा जन्मेको ६ सातमा पहिलो मात्रा र १० सातमा दोसो मात्रामा खोप दिइने छ।  रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै नजिकका स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुनेछ ।

नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइन सुरु गरिएको  बाल स्वास्थ्य  तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

पाँच वर्षमुनिका बालबालिकालाई प्रमुख रुपमा देखिने झाडापखलाको एक समस्या हो। नियमित रुपमा ११ वटा रोगविरुद्द निशुल्क खोप दिदैँ आएको छ। अबबाट थप रोटा भाइरसबाट हुने झाडापखला विरुद्धको खोप सञ्चालन गरिएको छ।

सरकारको नियमित खोप कार्यक्रममा हाल वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट डीपीटी, हेपाटाइटिस बी आदि जस्ता खोप दिँदै आएको थियो।

रोटा भाइरस विरुद्दको खोप बार्षिक ६ लाख २० हजार बालबालिकालाई दिइने डा. गौतमले जानकारी दिए।

नेपालमा कम्तिमा ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी भई अस्पताल भर्ना हुन्छन्। १० प्रतिशत बालबालिकाको मृत्यु पखालाका कारण हुने गरेको खोप शाखाको तथ्यांक छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय