रौतहट अस्पतालका प्रमुख भन्छन्– समुदायमा संक्रमण देखिँदा थप चुनौतीपूर्ण

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ सयौं थपिँदै गएको छ। देशभर कोरोना फैलिँदा सबैभन्दा बढी रौतहट ‘हटस्पट’ बन्न पुगेको छ।

रौतहटमा समुदायस्तरमा संक्रमण देखिएपछि थप चुनौतीपूर्ण बन्दै गएको जिल्लाका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण साह बताउँछन्।

‘पछिल्लो समय केही केसहरू समुदायमा देखिएकाले चिन्ता थपिएको छ,’ उनले भने, ‘संक्रमित व्यक्तिको आफन्त तथा परिवारमा कन्ट्रयाक ट्रेसीङ गर्दा कुनैमा पनि संक्रमण भेटिएन।’

६ प्रतिशतभन्दा समुदायस्तरमा संक्रमण देखिसकेको सरकारले जनाएको छ।  वैशाख १ गते पहिलो केस देखिएको रौतहटमा बुधबारसम्म १ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। ९ सय ७२ जना निको भइसकेका छन्।

२ सय १२ जना आइसोलेसनमा उपचाररत छन्। संक्रमणका कारणले १ जनाको मृत्यु भएको छ।  केही संक्रमितमा झाडापखाला, पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएको डा. साहले बताए।

जिल्ला अस्पतालको समन्वयमा गैरनर्सिङ इन्स्टिच्युट, बिर्ता प्रहरी स्कुल, जय किसान मावि, गौरीशंकर क्याम्पसमा आइसोलेसन सेन्टरबाट राखिएको छ।

आर्थिक अभाव भएका कारणले संक्रमितलाई सामान दिन, खाना, खाजाको व्यवस्थापन गर्न गाह्रो परिरहेको उनको गुनासो छ। यसका लागि प्रदेश सरकारसँग माग गरिरहँदा हालसम्म उपलब्ध हुन नसकेको उनले बताए।

हालसम्म १३ हजारभन्दा बढी परीक्षण गरेको जिल्ला जनस्वास्थ्य प्रमुख महेश शाहले जानकारी दिए।  धेरैजसो भारतबाट आएको क्वारेन्टाइनमा बसेका मानिसमा संक्रमण देखिएको र केही समुदायस्तरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र केही सर्वसाधारणमा पनि संक्रमण थपिँदै गएको प्रमुख शाहले बताए।

रौतहटको सबैभन्दा बढी इर्शनाथ नगरपालिकामा ३ सय ४३ जनामा संक्रमण देखिएको छ। राजपुर, प्रवाह नगरपालिकामा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

१६ नगरपालिका र २ गाउँपालिमा सबैमा संक्रमण देखिएको शाहले जानकारी दिए। जनस्वास्थ्य कार्यालयका अनुसार ९९ प्रतिशत भारतबाट आएका मानिसमा संक्रमण देखिएको छ।

अबको एक महिनामा बकर इद पर्व भएको हुनाले भारतबाट आउने संख्या बढ्न गई केस बढ्ने उनको अनुमान छ।  ‘एकातिर कोरोनाको त्रास छ भने बाढीको त्रास थपिएको छ,’ शाहले भने। संक्रमण फैलन नदिन हरेक गाउँपालिकामा क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय