स्नातकोत्तर तहको सिट बृद्दि र प्रवेश परीक्षा अबिलम्ब गरियोस : नेपाल चिकित्सक संघ

स्नातकोत्तर तहको सिट वृद्दि  र प्रवेश परीक्षा अबिलम्ब गर्नको लागि नेपाल चिकित्सक संघले माग गरेको छ। बुधबार संघले परिपत्र गर्दै स्नातकोत्तर तहको सिट बृद्धि गर्नको लागि चिकित्सा शिक्षा आयोगलाई ध्यानकर्षण गराएको छ।

डिसेम्बर २०१९ सम्म अध्यावधिक गरिएको नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार दर्ता भएका चिकित्सकहरुको संख्या जम्मा २६,३४६ रहेको छ ।  स्नातकोत्तर तह अध्ययन गरी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता भएका चिकित्सकहरुको संख्या जम्मा ७ हजार ७५८ रहेका छन्।

यस नेपालमा स्नातकोत्तर तह अध्ययनको सीट संख्या ज्यादै न्यून रहेको र एमविविएस अध्ययन पश्चात् पोष्ट ग्राजुएसन अध्ययनका लागि चिकित्सकहरुले समान अवसर प्राप्त गर्न नसकेको कारण नेपालमा बिशेषज्ञ चिकित्सकहरुको संख्या अत्यन्तै न्यून रहेको संघले जनाएको छ।

हालको न्यून रहेको स्नातकोत्तर तहको सीट संख्या अबिलम्ब बृद्धि गर्नु पर्ने, न्याम्सलाई विस्तार गर्न,देशभर रहेका प्रादेशिक तथा जिल्ला अस्पतालहरुलाई अध्ययन अध्यापनमा समावेश गरेर सीट संख्या बढाउने सकिने संघको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय