विश्व कोरोना कहर :  ५९ लाख ३० हजारभन्दा धेरै निको भए

कोरोना भाइरसको करह बढिरहेको छ। विश्वभर दिनदिनैजसो संक्रमित हुने र मृत्यु हुनेको संख्या उकालो चढिरहेको छ।

विश्वभर एकैदिन करिब दुई लाखको हाराहारीमा नयाँ संक्रमित थपिँदै गइरहेका छन् भने, दैनिक चार पाँच हजारको ज्यान गइरहेको छ।

कोरोना भाइरसका कारण विश्वभर ५ लाख १८ हजार ४६ जनाको मृत्यु भएको छ भने, १ करोड ७ लाख ९३ हजार ३ सय ९३ जना संक्रमित बनेका छन्।

योसँगै ५९ लाख ३० हजार १ सय ३६ जना निको पनि भएका छन्।

भाइरसको संक्रमण देखिएकामध्ये ५७ हजार ९ सउ ६८ को स्वास्थ्य अवस्था गम्भीर छ।

खासगरी अहिले अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत र स्पेनमा संक्रमणदर तीव्र रुपमा फैलिरहेको छ।

विश्वका विभिन्न देशहरुमा एकै दिन कोरोना भाइरसका भाइरसका कारण ४ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ।

१ लाख ९६ हजार १ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा बितेको चौबिस घण्टामै कोरोन भाइरसका कारण ६ सय ३६ जनाको मृत्यु भएको छ भने, ५० हजार ६ सय ३४ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ७ सय ८९ पुगेको छ।

२७ लाख ७८ हजार ४ सय ८७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमण र मृत्युदरको संख्याको हिसाबले दोस्रो नम्बरमा प्रभावित देश हो ब्राजिल।

यहाँ भाइरसका कारण एकैदिन १ हजार ५७ जनाको ज्यान गएको छ भने, ४४ हजार ८ सय ८४ जना नयाँ संक्रमित थपिएका छन्।

ब्राजिलमा भाइरसका कारण अहिलेसम्म ६० हजार ७ सय १३ जनाको ज्यान गएको छ भने १४ लाख ५३ हजार ३ सय ६९ जना संक्रमित छन्।

रुसमा कोरोनाका कारण चौबिस घण्टामा २ सय १६ जनाको कोरोनाका कारण ज्यान गएको छ भने ६ हजार ५ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्।

रुसमा बिहिबारसम्म कोरोना भाइरसको संक्रमणबाट ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ, भने  ६ लाख ५४ हजार ४ सय ५  जनामा संक्रमण रहेको पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भारतमा प्रतिदिन १८ हजारबढि कोरोना भाइरसका नयाँ संक्रमित थपिइरहेका छन्।
करिब ४ सय भन्दाबढीको मृत्यु भइरहेको छ।

बितेको चौबिस घण्टामा भारतमा कोरोना भाइरसका कारण ४ सय ३८ जनाको मृत्यु भएको छ भने १९ हजार ४ सय २८ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ४८ पुगेको छ भने ६ लाख ५ हजार २ सय २० जना संक्रमित छन्।

त्यस्तै कोरोना संक्रमण र मृतकको संख्याको आधारमा पाँचौ नम्बरमा रहेको बेलायतमा भाइरसका कारण एकदिनमा १ सय ७६ जनाको मृत्यु भएको छ भने ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन्।

बेलायतमा बिहीबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६ जना पुगेको छ भने ३ लाख १३ हजार ४ सय ८३ जना संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय