मन्त्रालयले काम गर्न दिएन अनि राजीनामा दिएँ : बिमा बोर्ड निर्देशक

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।

काम गर्ने वातावरण अनुकुल नहुँदा आफूले चाहेजस्तो काम गर्न नसकेको भन्दै उनले पदबाट राजीनामा दिएको बताए।

‘वातावरण अनुकल बनाउनका लागि मैले धेरै प्रतिज्ञा गरेको थिए। र, सोही अनुसार अगाडि बढ्न चाहन्थे’, उनले हेल्थपोस्टसँग कुरा गर्दै भने, ‘काम गर्ने माहोलनै बनेन। वातावरण थप प्रतिकुल बन्दै गएपछि म राजीनामा दिन बाध्य भए।’ उनले सोचे अनुसारको काम गर्न नसकिने भएपछि पद ओगटेर बस्नुको कुनै औचित्य नहुने बताए।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएको उनले बताए।

बिमा बोर्डका सबै पदाधिकारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो। काम गर्ने बातावरण पनि नदिने उल्टै स्पष्टिकरण सोध्ने मन्त्रालयको रबैया आफूलाई मन नपरेको उनको भनाइ छ।

२०७५ मंसिर २३ मा स्वास्थ्य बीमा बोर्डमा नियुक्त पोखरेलको अझै साढे २ वर्षको कार्यकाल बाँकी नै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय