कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार गरिएको परीक्षणमा सल्यानका १५ जना, सुर्खेतका सात जना, दैलेखका दुई र जुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए। योसँगै कर्णालीमा कोरोना संक्रमितहरूको संख्या एक हजार चार सय ६८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय