स्वास्थ्य परीक्षणपछि अस्पतालबाट फर्किए प्रधानमन्त्री

फाइल फोटो

प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षण सकेर निवास फर्केका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदयरोग केन्द्र गएका थिए।

बुधबार अपराह्न उनी स्वास्थ्य परीक्षणका लागि केन्द्र गएकोमा परीक्षण सकेर फर्किएको थापाले बताए।

‘उहाँ नियमित स्वास्थ्य परीक्षणको लागि जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ,’ थापाले भने।

नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठकको तनावबीच ओली स्वास्थ्य परीक्षण गर्न गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय