स्वास्थ्य परीक्षणको लागि प्रधानमन्त्री ओली गंगालाल हृदयरोग केन्द्रमा

फाइल फोटो

प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल पुगेका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणका लागि सहिद गंगालाल हृदयरोग केन्द्र गएका हुन्।

बुधबार अपराह्न उनी स्वास्थ्य परीक्षणका लागि केन्द्र गएको थापाले बताए।

‘केही समयस्या भएर हैन, नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ थापाले भने।

नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समिति बैठकको तनावबीच ओली अस्पताल गएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय