सुदूरपश्चिममा थपिए २४३ संक्रमित, कुल संक्रमित २ हजार ७ सय पुगे
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टामा दुई सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाका प्रबक्ता डाक्टर जागेश्वर गौतमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार आज सुदूरपश्चिम प्रदेशमा ६१ महिला र १ सय ८२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरमा कुल संक्रमितको संख्या २ हजार ७ सय पुगेको छ।
आज थपिएका संक्रमित हरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षबाट अछामका ५९ (१० महिला र ४९ पुरुष) बझाङका १८ (४ महिला र १४ पुरुष) बाजुराका ७ जना (२ महिला र ५ पुरुष) कैलालीका १४ जना (४ महिला र १० पुरुष) तथा र कञ्चनपुरका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसै गरी बीर अस्पतालमा गरिएको परीक्षणमा डोटीका ७ (५ महिला र २ पुरुष) अछामका ६६ (१५ महिला र ५१ पुरुष) बाजुराका १८ (६ महिला र १२ पुरुष) तथा डोटीका ११ (२ महिला र ९ पुरुष) मा कारोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार आजै धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १ पूरुष, बैतडी १ पूरुष तथा कैलाली १ महिला र २ पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।