गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। बुधबार दिउँसो ४ जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ६ पुगेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो।

सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकीका कुल संक्रमितमध्ये २ सय ८७ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ। मनाङ र मुस्ताङका १÷१ संक्रमित कोरोनामुक्त भएपछि दुवै जिल्ला अहिले ‘ग्रिनजोन’ मा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय