काठमाडौं उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। बुधबार मात्रै देशमा ४८२ जना कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै उपत्यकामा १७ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गरिएको प्रयोगशालामा काठमाडौंका २ महिला र ४ पुरुष रहेका छन्।

धुलिखेल अस्पतालको प्रयोगशालामा भक्तपुरको एक पुरुषमा संक्रमण देखिएको छ। त्यसैगरी, पाटन अस्पतालको प्रयोगशालामा भक्तपुरको एक महिला, काठमाडौंका ३ महिला, १ पुरुष र ललितपुरका ३ महिला र २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। यो  सँगै, नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या १४ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ।

अहिलेसम्म ४ हजार ६ सय ५६ जना संक्रमण निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने ३० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय