कोरोनाबाट थप एकको मृत्यु पुष्टि, मृतकको संख्या ३० पुग्यो

असार १७– देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । पछिल्लोपटक बयालपाटा अस्पतालमा असार १४ गते मृत्यु भएका अछामको रामरोशन ५ का एक पुरुषको पोजेटिभ रिपोर्ट आएसँगै मृत्युको कुल संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

डा. गौतमका अनुसार मधुमेहका विरामी उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि १३ गते बयालपाटा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएपछि तत्कालै स्वाब संकलन गरिएको थियो । परीक्षणका क्रममा उनको १६ गते पोजेटिभ रिपोर्ट आएको हो ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगिसकेको छ । सबैभन्दा बढी प्रदेश २ मा ३ हजार ८ सय ५६ संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय