सुर्खेतमा लकडाउनमा थप कडाइ, अत्यावश्यक सेवा बाहेक सबै बन्द

कोरोना संक्रमण बढ्दै गएपछि सुर्खेतमा लकडाउनमा थप कडाइ पारिएको छ। जिल्लामा ३ सय ६९ जनामा संक्रण पुष्टि भइसकेको अवस्थामा लकडाउनमा थप कडाइ गरिने प्रशासनले जनाएको छ।

बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरस संक्रमण रोकथामका लागि सवारी साधन सञ्चालन सम्बन्धमा जोर बिजोर प्रणालीलाई यथावत राखी तीनपाङ्ग्रे सवारी साधन (अटो) सञ्चालनलाई पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।

यसका साथै शुक्रबारदेखि होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा ब्युटी पार्लरसमेत पूर्ण रुपमा बन्द गर्नुपर्ने प्रशासनले जनाएको छ।

सूचनामा फलफूल, तरकारी, दुध, औषधीलगायतका अत्यावश्यक सेवाबाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्र खुला गर्ने र हप्तामा एक दिन शनिबार पूर्ण रूपमा बन्द गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए।

तर, जिल्लामा अटो सञ्चालनमा भने रोक लगाइने भएको छ। लकडाउन खुकुलो भएयता सुर्खेतमा सञ्चालनमा आउन थालेका अटोहरूमा रोक लगाइने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय