कोरोना कहरः भारतमा मृत्यु बढ्दै, अमेरिकामा संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। बुधबार ५ सय ६ जनाको मृत्यु भएको छ। १८ हजार २ सय ५६ जना नयाँ संक्रमित थपिएका छन्।
मंगलबार ४ सय १७ जनाको मृत्यु भएको थियो र १८ हजार ३ सय ३९ जना नयाँ संक्रमित थपिएका थिए।

कोरोना भाइरसको संक्रमण दर र मृतकको संख्याका आधारमा भारत चौथो नम्बरमा छ। भारतमा कोरोनाका कारण १७ हजार ४ सय १० जनाको ज्यान गइसकेको छ। ५ लाख ८५ हजार ७ सय ९२ जना संक्रमित छन्।

भारतमा कोरोनाबाट महाराष्ट्र, दिल्ली, पश्चिम बंगाल, तामिलनाडु, बिहार, उत्तर प्रदेश सबैभन्दा बढी प्रभावित बनेका छन्।

चौबिस घण्टामा अमेरिकामा सबैभन्दा धेरै ४५ हजार ५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। चौबिस घण्टामा यो संख्या विश्वको सबैभन्दा धेरै संक्रमित हो। त्यस्तै ७ सय ५३ जनाको मृत्यु भएको छ।

मंगलबार अमेरिकामा ४४ हजार ४ सय ५० जना भाइरसका नयाँ संक्रमित थपिएका थिए भने, ३ सय ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा दिनदिनै नयाँ संक्रमित थपिने र मृत्यु हुनेको संख्या बढिरहेको छ।

अमेरिकामा अहिलेसम्म भाइरसका कारण १ लाख ३० हजार १ सय ११ जनाको मृत्यु भइसकेको छ भने, २७ लाख २७ हजार ३ सय ९८ जना संक्रमित छन्।

बितेको चौबिस घण्टामा विश्वभर कोरोना भाइरसका कारण ६ हजार १ सय २२ जनाको मृत्यु भएको छ। १ लाख ७३ हजार ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार १ सय ७५पुगेको छ भने, १ करोड ५ लाख ८३ हजार ८ सय ७८ जना संक्रमित छन्।

ब्राजिलमा एकदिनमा कोरोनाका कारण १ हजार २ सय ७१ जनाको ज्यान गएको छ भने ३७ हजार ९ सय ७९ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या ५९ हजार ६ सय ५६ पुगेको छ भने संक्रमितको सँख्या १४ लाख ८ हजार ४ सय ८५ छ।

मंगलबार ब्राजिलमा २५ हजार २ सय ३४ जना नयाँ संक्रमित थपिएका थिए भने ७ सय २७ जनाको मृत्यु भएको थियो।

यसैगरी रुसमा एकैदिनमा कोरोनाका कारण १ सय ५४ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ९३ जना नयाँ संक्रमित थपिएका छन्। यहाँ कोरोना भाइरसका कारण बुधबारसम्म ९ हजार ३ सय २० जनाको ज्यान गएको छ भने संक्रमितको सँख्या ६ लाख ४७ हजार ८ सय ४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय