वीरगनञ्ज महानगरलाई लायन्स क्लब अफ वीरगञ्जको भिटीएम सहयोग

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ असार १६ गते २१:२३

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने ४ हजार ५ सय थान भिटीएम किट वीरगञ्ज महानगरपालिकाई हस्तान्तरण गरेको छ।

वीरगञ्जको होटल लर्डस दियालोमा आयोजित हस्तान्तरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई भिटीएम उपलब्ध गराइएको थियो। वीरगञ्जलाई कोरोना मुक्त बनाउनै आफ्नो अभियानमा यसले ठूलो सहयोग गर्ने उनले बताए।

मेयर सरावगीले बीरगञ्जमा ५० हजार मानिसको कोरोना परीक्षण गरी पर्सालाई कोरोनामुक्त बनाउने दृढता व्यक्त गरे। वीरगञ्ज महानगरपालिकाले खरिद गरेको २० हजार पिस भिटीएम किट भने बुधबारसम्ममा आइपुग्ने नगर प्रमुख सरावगीले बताए।

कार्यक्रमा संबिधान सभाका सदस्य अनिल रुंगटाले पुरै विश्व कोरोनासँग लडिरहेकाले महानगरले यस्को नियन्त्रणका लागि गरेको नेतृत्वदायी भूमिकाको सर्हानिए रहेको बताए।

कार्यक्रममा लायन्स क्लवका पूर्व अन्तराष्ट्रिय डाइरेक्टर संजय खेतानाले लायन्सले समाजिक क्षेत्रमा सहयोगका लागि कुनै कमी हुन नदिने बताए। लायनका पूर्व डाइरेक्टर रमेश अग्रवालले आफूहरूले महानगरपालिकालाई आवश्यक भिटीएम र अन्य आवश्यक सामग्री उपलब्ध गराउन तयार रहेको धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय