प्रदेश २ मा ५० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको पाँच जिल्लाका ५० जनामा संक्रमण पुष्टि भएको हो। ५० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ४३९ पुगेको छ।

धनुषाका ३, महोत्तरीका ९, रौतहटका ५, सप्तरीका २३ र सिरहाका १० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन्।

धनुषाको सवैला नगरपालिका, महोत्तरीको सम्सी गाउँपालिका, बलवा नगरपालिका र महोत्तरी क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको उनले बताएका छन्।

यसैगरी रौतहट स्वास्थ्य कार्यालय गौर, सप्तरीको रुपनी नगरपालिका, महदेवा, तिलाठी कोइलाडी , सिरहाको विष्णुपुर नगरपालिका र सिरहा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ।

मंगलबारसम्म ४३ हजार ४३ हजार ४६ जनाको स्वाब संकलन भएकोमा ३६ हजार २६७ जनाको रिपोर्ट निगेटिभ आएको छ भने ३ हजार ३४० जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य प्रशासक झाले जानकारी दिएका छन्।

प्रदेश २ मा अहिले ६ हजार ६४४ जना क्वारेन्टाइनमा, १६ हजार ४१८ जना होम क्वारेन्टाइन र ८०४ जना आइसोलेसनमा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय