कोरोना अस्पताललाई मेयरमार्फत हरिपृया फाउन्डेसनको सहयोग

हरिपृया-प्रकाश फाउन्डेसनबाट काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सुर्खेत र तनहुँपछि कैलाली जिल्लाका विभिन्न स्थानमा बिपन्न समुदायलाई कांग्रेस नेता क्षितिज भण्डारीले राहत बितरण सुरु गरेको छन्।

नेपाल पत्रकार महासंघमार्फत स्वास्थसौन्दर्य सामाग्री बितरण गरेको फाउन्डेसनले मङ्गलबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडमार्फत कोरोना धनगढीस्थित अस्पतालका लागि सहयोग गरेका हुन्।

मेयर वडमार्फत बाल्ट्रा कम्पनीको प्रेसर कुकर, चाइनिज मास्क, डाबरको जुस, फिनल्यान्डको सेनेटाइजरसहित सबै बिरामीलाई पुग्नेगरि साबुन, मन्जन, तेल, सर्फ, पाउरोटी, फलफूल, छाताहरूलगायत राहत दिइएको छ। यो राहत सामग्री भण्डारी परिवारको सहयोगमा प्रदान गरिएको हो।

बिरामीलाई मनोबैज्ञानिक डर हटाउँदै खुशी रहन फाउन्डेसनले काउन्सिलिङ्गसमेत गरेको नेता भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय