स्वास्थ्यकर्मीको मुद्दामा १४ पेसागत संगठन एकैठाउँमा, स्तरवृद्धि र जोखिम भत्ता साझा मुद्दा

स्वास्थ्यकर्मी १४ वटा ट्रेड युनियन तथा पेसागत संघ–संगठन एकजुट भएका छन्। कोरोना भाइरस (कोभिड १९) ले स्वास्थ्यकर्मीहरूले भोगिरहेको समस्या लिएर स्वास्थ्य मन्त्रालयमा एकजुट भएर ज्ञापनपत्र बुझाएका हुन्।

विभिन्न संगठनहरूले १२ बुँदे माग र समाधानको उपायसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापन–पत्र बुझाएका छन्। जोखिम भत्ता निर्देशिका २०७७ ले सबै स्वास्थ्यकर्मीलाई सम्बोधन गर्न नसकेकाले तत्काल सो संशोधन गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरूले कामको प्रकृतिको आधारमा जोखिम भत्ता पाउने व्यवस्था हुने तत्काल जोखिम भत्ता निर्देशिका बनाउने, स्वास्थ्यकर्मीलाई कोभिड–१९ सँग सम्बन्धी विभिन्न तालिम दिने, दुई वर्षबाट स्तरवृद्धि नभएको हुनाले सोही मितिबाट सेवासुविधा पाउने गरि स्तरवृद्धि गर्ने जस्ता माग राखेका छन्।

स्वास्थ्य व्यवसायीलाई ध्यानमा राखेर पोट्रोकल बनाइ लागू गर्ने, बन्दाबन्दीको समयमा अन्य सेवाका कर्मचारीहरूलाई तलबी बिदा दिएको तर स्वास्थ्य मन्त्रालयकाअन्तर्गतका कर्मचारीलाई बिदासमेत नदिई पूर्ण समय काममा लगाउँदा पनि जोखिम वा प्रोत्साहन व्यवस्था गर्ने जस्ता १२ बुँदे माग राखेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्य संघ नेपाल, मेडिकल ल्याबोरेटोरी एसोसिएन अफ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल जनस्वास्थ्य संघ, अखिल नेपाल राष्ट्रिय प्रगतिशील राष्ट्रिय प्रगतिशील राष्ट्रिय स्वास्थ्यकर्मी संगठनले ऐक्यबद्धता जनाएका छन्।

त्यसैगरी, राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल फिजियोथेरापी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन, हेल्थ असिस्टेन्ट संघ, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल अप्थाल्मिक असिस्टेन्ट सोसाइटीले समर्थन जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय